arrow

मोर्चाद्धारा भेली बोकेको ट्रकमा आगजनी

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
kapilbastu.jpg.jpeg
मणिप्रसाद गैहे्र, कपिलवस्तु । कपिलवस्तुमा आन्दोलनरत सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भेली बोकेको ट्रकमा आगजनी गरेको छ । गए राती ११ बजे कृष्णनगरवाट भेली लोड गरी काठमाण्डौ जादै गरेको अवस्थामा मोर्चाका कार्यकर्ताहरुले शिवराज नगरपालिका वीरपुरमा ट्रकमा आगजनी गरेका हुन ।

बन्दको अवाज्ञ गरेको भन्दै ना २ ख २९७७ नम्बरको ट्रकमा आगजनी गरेको मोर्चाले जनाएको छ । ट्रक जलेर पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । पटक पटक अनुरोध गर्दा पनि बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी गरेको मोर्चाले जनाएको छ । आफुहरुको बन्द जारी नै रहेको भन्दै जसले बन्दको अवज्ञा गर्छ हुने घटनाको सम्पुर्ण जिम्मेवारी आफै बेर्हाेर्नु पर्ने मोर्चाले जनाएको छ ।

मोर्चाले पुस ३ गतै नै विज्ञाप्ती निकालेर सबैलाई बन्द गर्न अनुरोध गरेको मोर्चाका सयोजक सतिस चन्द्र गुप्ताले जनकारी दिए ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ