arrow

मानिसले मर्दा केही पनि लाँदैन, काम कृतिहरू स्मरण गर्ने हो - प्रधानमन्त्री ओली [भिडियो]

प्रधानमन्त्री ओलीद्वारा झापामा ‘भागिरथा बुद्धशान्ति अस्पताल’ को शुभारम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २८ शनिबार
kp-oli-27.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार झापाको बुद्धशान्ति गाउँपालिकामा सञ्चालनमा आएको भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गरेका छन्। अस्पताल भवनको औपचारिक उद्घाटन भने प्रधानमन्त्री ओलीले जग्गादातालाई गर्न लगाएका थिए।

गत असोज १० गते नै उक्त अस्पताल भवनबाट सेवा सुरु भएको थियो। त्यसबेला जग्गादाता भागिरथा न्यौपानेका छोराहरू हरिप्रसाद र कुलप्रसादले संयुक्त रूपमा रिबन काटेर सेवा शुभारम्भ गराएका थिए। तर, सो समयमा अस्पतालको नाम विधिवत् रूपमा ’भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल’ भइसकेको थिएन। विभिन्न प्रयासका बाबजुद जग्गादाताको नाम जोडेर अस्पतालको नामकरण हुन सकेको थिएन।

गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल स्वीकृत गरेपछि स्वीकृत नामसहित अस्पताल भवनको शनिबार विधिवत् उद्घाटन गरिएको हो।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले परोपकारी कार्य सबैले गर्न सिक्नुपर्नेमा जोड दिए। उनले मानिसले मर्दा केही पनि नलैजाने भन्दै आफ्ना कामहरूबाट स्मरण गर्नसक्ने बनाउनुपर्ने बताए। प्रधानमन्त्री ओलीले भने, "परोपकारी कार्य गर्नुपर्छ। यस कार्यबाट अरुले पनि परोपकारी कार्य सिक्नुपर्छ, अनुशरण गर्नुपर्छ। मानिसले मर्दा केही पनि लाँदैन, काम कृतिहरू स्मरण गर्ने हो। अहिलेभन्दा १०२ वर्षअघि जन्मिनुभएकी भागिरथा न्यौपानेको नाममा अहिले हामी अस्पतालको नामाकरण गर्दैछौँ।"

२०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल हाल १० शैय्यामा सञ्चालित छ। अस्पतालले बीमा सुविधा, ल्याब, इको, भिडियो एक्सरे लगायतका सेवाहरू उपलब्ध गराउने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ