arrow

प्रतिनिधि सभा

'स्पेन प्रकरण' र भिजिट भिसाको छानबिनका लागि संसदीय समिति गठन गर्न राप्रपाको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
gyanbd-sahi-29.jpg

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ’स्पेन प्रकरण’ र भिजिट भिसा दुरुपयोगसम्बन्धी घटनाहरूको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्। उनले आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकार यस विषयमा छानबिन गर्न किन डराइरहेको छ भन्दै प्रश्नसमेत उठाए।

प्रमुख सचेतक शाहीले प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपालीहरू नफर्किएको पुष्टि भइसकेको भन्दै यसबारे तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे। उनले भने, "अहिले प्रधानमन्त्री सहभागी कार्यक्रममा सहभागी हुन भनी गएका मान्छेहरू नफर्किएको पुष्टि भइसकेको छ। यसको छानबिन गरौँ। संसदीय छानबिन समिति बनाउनका लागि यो सरकार किन डराएको छ? यसबारे संसदीय छानबिन समितिको माग गर्दछौँ।"

शाहीले भिजिट भिसा दुरुपयोगसम्बन्धी अनुसन्धानका लागि छानबिन समिति नबनेसम्म आफ्नो पार्टीको आन्दोलन जारी रहने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ