arrow

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीको कार्यभारदेखि विधेयक प्रस्तुत गर्नेसम्मका कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
Parliament_building-1619601493.png

काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। यस बैठकमा विभिन्न महत्त्वपूर्ण कार्यसूचीहरू निर्धारण गरिएको छ।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसपछि, शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ