arrow

प्रतिनिधि सभा बैठक जारी, मन्त्री गुप्तालाई कारबाही गर्न माग [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बसिरहेको छ । यस बैठकमा विभिन्न महत्त्वपूर्ण कार्यसूचीहरू निर्धारण गरिएको छ । बैठकमा सांसदहरुले आफ्ना क्षेत्रको समस्याबारे जानकारी गराएका छन् । 

बैठकमा घुस प्रकरण पनि उठेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको भ्रष्टाचारको अडियोकाण्ड बाहिरिँदासमेत उनलाई कारबाही किन भएन भन्दै विशेष समय लिएर माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीको भनाइ र गराइ नमिलेको भन्दै तत्काल कारबाही गर्न माग गरे । 

क्यासिनोको सोखले मुखमा कालो पोत्दै मन्त्री गुप्ता 
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएसँगै सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।

बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ