arrow

अडियो काण्डमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गरी छानबिन गर्न गगन थापाको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
gagan-thapa-82-3-30tt.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारको अडियो काण्डका आरोपी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई हटाउन माग गरेका छन् । 

राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभागको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यो विषय बोल्नैपर्ने विषय नभएको भन्दै प्रधानमन्त्रीले कारबाही नगर्दा मन्त्रीमा आफूले गल्ती नगरेको भन्ने आँट बनिसकेको बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आरोपी मन्त्रीलाई लतालेर अगाडि बढाउँछु भन्नु भन्दा पनि तत्काल कारबाही गर्नुपर्नेमा महामन्त्री थापाको जोड छ । 

उनले भने, ‘यही कार्यक्रममार्फत प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछु तपाईँले मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस् । यत्तिको कुरा आइसकेपछि बर्खास्त गरेर मात्र पनि हुँदैन दूधको दूध पानीको पानी हुनुपर्छ । छानबिन हुनुपर्छ । यसमा देखिएका संलग्न भएका को को छन् तिनीहरुको अनुसन्धान गरी कारबाही हुनुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ