arrow

प्रतिनिधि सभा

नेपालमा जल यातायात व्यवस्थित गर्न र नाविकका हकहित सुरक्षित गर्न पानीजहाज विधेयक ल्याइयो: मन्त्री दाहाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
devendra-dahal-11-23.jpg

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउनका साथै नेपाली नाविकहरूको हकहित सुनिश्चित गर्न सरकारले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक ल्याएको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

मन्त्री दाहालका अनुसार, हाल देशभित्रका नदी, ताल र तलाउहरूमा करिब १२० भन्दा बढी मोटरबोटहरू मनोरञ्जन र यातायातका लागि सञ्चालनमा छन्। तर, जल यातायातसम्बन्धी कुनै पनि कानुन नहुँदा यी मोटरबोटहरूको नियमन, जलमार्ग तोक्ने, चालक अनुमतिपत्र दिने, यात्रु बिमा गर्ने लगायतका कार्यहरू हुन सकेका छैनन्, जसले गर्दा यो क्षेत्र अव्यवस्थित रूपमा सञ्चालन भइरहेको र विस्तार हुन नसकेको उनले बताए।

मन्त्री दाहालले हजारौँ नेपालीहरू उच्च समुद्रमा पानीजहाजमा काम गरेर देशमा रेमिट्यान्स भित्र्याइरहेको बताए। तर, कानुनी व्यवस्थाको अभावमा उनीहरूको परिचयपत्र तथा अभिलेख राख्ने व्यवस्था नहुँदा उनीहरूको पेसा नै संकटमा पर्न थालेकोले यो कानुन अपरिहार्य भएको उनको भनाइ छ। उनले नेपाली पानीजहाजको झन्डासम्बन्धी ऐन, २०२७ र पानीजहाज सञ्चालन ऐन, २०२७ जस्ता कानुनी दस्तावेजहरू भए पनि कार्यान्वयनमा समस्या भइरहेको स्वीकार गरे।

राष्ट्रिय सभामा उत्पत्ति भएको यो पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकले नेपाली भौगोलिक सीमाभित्र जल यातायातलाई व्यवस्थित गर्न मार्गचित्र तोक्ने, इजाजतपत्र वितरण गर्ने, बिमा व्यवस्था गर्ने र आवश्यक नियमन गर्ने लक्ष्य लिएको मन्त्री दाहालले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ