arrow

पाँच जुवाडे रंगेहात पक्राउ, ७३ हजार बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
juwade-arrest-final.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ७ फेदीबाट पाँच जना जुवाडेलाई रंगेहात पक्राउ परेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सोही ठाउँका ४१ वर्षीय विनोद गुरुङ, ५१ वर्षीय धीरबहादुर गुरुङ, ४७ वर्षीय कृष्णबादुर गुरुङ, माछापुच्छ्रे-८ ल्वाङघलेलका ४० वर्षीय चन्द्रमान तामाङ र पोखरा-२५ सुईखेतका ४० वर्षीय गंगाबहादुर थापा छन् । 

उनीहरुको साथबाट ७३ हजार चार सय १० रुपैयाँ नगद बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । 

पक्राउ परेका पाँचै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ