arrow

दाङभ्याली फ्रेस हाउसबाट १२ लाख ३० हजार रूपैयाँ चाेरी गर्ने युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
om-bhujel.jpg

पोखरा । पोखरा महागरपालिका वडा नं ५ मालेपाटनस्थित दाङभ्याली फ्रेस हाउस सञ्चालकको कोठाबाट १२ लाख बढी रुपैयाँ नगद चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाँउपालिका वडा नं.९ का २३ वर्षीय ओमबहादुर भुजेल छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भजेलले यही साउन २ गते राति करिब ११ः३० बजे दाङभ्याली फ्रेस हाउस सञ्चालक संगीता भण्डारीको कोठाको दराजबाट १२ लाख ३० हजार रुपैयाँ चोरी गरेका थिए । 

रकम चोरी भएको सूचना प्राप्त गर्नेबित्तिकै अनुसन्धानमा खटिएको प्रहरीले शनिबार राति करिब १०ः३० बजे पोखराकै डिहिकोपाटनबाट भुजेललाई पक्राउ गरेको हो । 

भुजेलको साथबाट नौ लाख ९७ हजार पाँच सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका भुजेलविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा १० दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ