arrow

प्रतिनिधि सभा

‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
rsp-samsad-birodh.jpg

काठमाडौँ । ‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजको प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु गर्नेबित्तिकै दुवै दलका सांसदहरू उठेर विरोध जनाएका थिए। रास्वपाकी सांसद तोसिमा कार्कीले दुई महिनादेखि विरोध गरिरहे पनि सरकारले सुनुवाइ नगरेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म विरोध जारी रहने बताइन्। उनले भैँसेपाटीको सडक विस्तारमा देखिएको समस्या र मन्त्रीको घुस काण्डको पनि सही छानबिन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

राप्रपाका सांसद दीपकबहादुर सिंहले पनि संसदीय छानबिन समिति नबनेसम्सम्म संसद्मा विरोध जारी रहने बताए। उनले शहीद गङ्गालाल अस्पताललाई सरकारले दिनुपर्ने ७० करोड रुपैयाँ भुक्तानी नदिँदा बालबालिकाको मुटुको उपचार रोकिएको भन्दै तत्काल उक्त रकम उपलब्ध गराउन माग गरे।

यद्यपि, रास्वपा र राप्रपाबीच छानबिन समितिको स्वरूपमा भने मतभेद देखिएको छ। रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको छ भने राप्रपाले संसदीय छानबिन समितिको माग राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ