एमाले सांसद शाहको प्रश्न - लिची बगैंचा हडप्ने र मानव बेचबिखनमा मुछिएका मन्त्रीहरू किन पदमा छन् ? [भिडियो]
सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैन, सुशासनमा प्रतिबद्ध छौँ
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
660
Shares
काठमाडौँ । नेकपा (एमाले) का सांसद किरणकुमार शाहले पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न घुस लिएको आरोप लागेका मन्त्रीहरू अझै किन पदमा छन् भन्दै सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शाहले भिजिट भिसाको दुरुपयोग र मानव बेचबिखनमा संलग्न व्यक्तिहरूलाई सरकारले संरक्षण गरेको आरोप लगाउँदै तीव्र आलोचना गरे। उनले सरकारले 'भ्रष्टाचारीको अनुहार पनि नहेर्ने' बताए पनि भ्रष्टाचार काण्डमा मुछिएका मन्त्रीहरूलाई संरक्षण गरिरहेको आरोप लगाए।
"सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैन। सुशासनमा प्रतिबद्ध छौँ," शाहले भने, "तर म प्रश्न गर्छु– भिजिट भिसा प्रकरणमा कास्कीको लेखनाथ लिची बगैंचामा मुछिएकाहरू किन अझै पदमा छन्? मानव बेचबिखनमा मुछिएकाहरूको किन सम्मानसहित स्वागत गरिन्छ? यो मौनता लाज हराएको शासन हो कि भ्रष्टाचारको सुरक्षित शासन हो?"
उनले मानव बेचबिखनमा संलग्न भएको आरोप लागेकाहरूको सम्मानसहित स्वागत भइरहेको विषयमा पनि सरकार मौन रहेको भन्दै सरकारको आलोचना गरे।