सात दिन थपियो 'कुलिङ पिरियड' छेडखानी छानबिन समितिको म्याद
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
2k
Shares
काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा 'कुलिङ पिरियड' को व्यवस्थामा भएको भनिएको छेडखानीका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद सात दिनका लागि थपिएको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले पेस गरेको समितिको म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले स्वीकृति दिएको हो। यसअघि असार २३ गते बसेको प्रतिनिधि सभा बैठकले निजामती सेवा विधेयकमा व्यवस्था भएको 'कुलिङ पिरियड' बारे भएको छेडखानीको अध्ययन र छानबिन गर्न यो संसदीय छानबिन समिति गठन गरेको थियो।
समितिमा नेपाली काँग्रेस र नेकपा एमालेबाट दुई/दुई जना सदस्य रहेका छन् भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक/एक जना सदस्य रहेका छन्।