arrow

बागमतीमा कांग्रेसको किचलो

मुख्यमन्त्रीबाट राजीनामा दिन लामालाई बानियाँको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
bahadur-indra.jpg
बहादुरसिंह लामा तामाङ र इन्द्रबहादुर बानियाँ

बागमती । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान पत्रकारहरूसँग कुरा गर्दै यो आग्रह गरेका हुन् ।

बानियाँले मुख्यमन्त्री लामाले संसदीय दलको नेताबाट विश्वास गुमाइसकेको हुँदा उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

यद्यपि, उनले आफ्नो र मुख्यमन्त्री लामाबीच कुनै मनमुटाव नरहेको पनि स्पष्ट पारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ