arrow

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
bahadursing-lama-tamang.jpg

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज आइतबार पदबाट राजीनामा दिने तयारी गरेका छन्। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो। लामाले इन्द्रबहादुर बानियाँसँगको चुनावी प्रतिस्पर्धामा हार बेहोरेका थिए।

मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा लाई राजीनामा बुझाउने तयारी गरेका छन्। तर, प्रदेश प्रमुख अहिले काठमाडौँमा उपचाररत रहेकाले राजीनामा प्रक्रिया केही ढिलो हुन सक्छ। यदि उनी समयमा हेटौंडा नफर्किए, मुख्यमन्त्रीले राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराउने उनका सचिवालयले जनाएको छ।

लामाको राजीनामापछि बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुने निश्चित भएको छ। कांग्रेस र नेकपा एमालेबीच भएको एक वर्षअघिको सहमतिअनुसार बानियाँले आगामी आठ महिनाका लागि सरकारको नेतृत्व सम्हाल्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ