arrow

आजको प्रतिनिधि सभा बैठक: विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
Parliament_building-1619601493.png

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रतिवेदनहरूमाथि छलफल हुने कार्यसूची तय भएको छ।

बैठकका मुख्य एजेण्डाहरू

संवैधानिक परिषद् विधेयक: संसद्का महासचिवले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९' माथि राष्ट्रपतिबाट प्राप्त सन्देश पढेर सुनाउनेछन्।

लेखा समितिको प्रतिवेदन: लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरूलाई स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रिय खेलकुद विकास विधेयक: युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

विश्व व्यापार संगठनको सम्झौता: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता’ लाई अनुमोदन गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ