arrow

बागमती प्रदेशको मुख्यमन्त्रीबाट लामाले दिए राजीनामा, अब बानियाँ बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
bahadur-shings.jpg

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि उनीमाथि राजीनामा दिन दबाब बढेको थियो। लामाले आइतबार साँझ प्रदेश प्रमुख दीपक देवकोटालाई आफ्नो राजीनामा पत्र बुझाए।

राजीनामापछि पत्रकारहरूसँग कुरा गर्दै लामाले आफूलाई 'राजनीतिक षड्यन्त्र' बाट हटाइएको आरोप लगाएका छन्। उनले आफ्नो करिब एक वर्षे कार्यकालमा गरेका सुधारका कामहरूको विवरण पनि प्रस्तुत गरेका छन्। उनका अनुसार, आफ्नो सरकारले विपद् व्यवस्थापन, भौतिक पूर्वाधार विकास, पुँजीगत खर्च र राजस्व संकलनमा उल्लेख्य सुधार गरेको थियो।

उनले विपत्तिको समयमा द्रुत प्रतिकार्य टोली गठन गरिएको र २१ वटा रुग्ण आयोजनाहरू सम्पन्न गरिएको दाबी गरे। साथै, राजस्व संकलनमा वृद्धि, सेवा प्रवाहलाई डिजिटलाइज गर्ने प्रक्रियाको सुरुवात र सुशासनका लागि भ्रष्टाचारविरुद्धको प्रादेशिक कार्ययोजना कार्यान्वयनमा ल्याइएको पनि उनले बताए।

मुख्यमन्त्री लामाको राजीनामासँगै अब बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुने निश्चित भएको छ। कांग्रेस र नेकपा एमालेबीच एक वर्षअघि भएको सहमतिअनुसार, बानियाँले आगामी ८ महिनासम्म सरकारको नेतृत्व गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ