प्रतिनिधि सभाबाट विश्व व्यापार संगठनको मत्स्य उद्योग सम्झौता अनुमोदन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
1.8k
Shares
काठमाडौं। प्रतिनिधि सभाको बैठकले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरेको छ। सोमबार बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको यो प्रस्ताव बहुमतले पारित भएको हो।
मन्त्री भण्डारीका अनुसार, यो सम्झौता कार्यान्वयनमा आएपछि नेपाललाई धेरै फाइदा हुनेछ। यसले नेपालमा आयात हुने माछाहरूको शुल्क न्यूनीकरण गर्न सहयोग पुग्नेछ। साथै, नेपालमा उत्पादन भएका माछाले पनि अन्तर्राष्ट्रिय बजारमा राम्रो पहुँच पाउनेछन्।
मन्त्री भण्डारीले संगठनले नेपाल सरकारलाई यस सम्झौतामा सहमति जनाउन प्रस्ताव गरेको र सोहीअनुसार प्रक्रिया अघि बढाइएको बताए। यो अनुमोदनले नेपालको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा सकारात्मक प्रभाव पार्ने र WTO सँगका अन्य महत्त्वपूर्ण मुद्दाहरूमा पनि प्राथमिकता पाउने उनको भनाइ छ।