arrow

प्रतिनिधि सभा बैठक: 'वैकल्पिक वित्त परिचालन विधेयक' पारित गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
Parliament_building.png

काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकको मुख्य कार्यसूचीमध्ये एक हो 'वैकल्पिक वित्त परिचालन विधेयक, २०८१' लाई पारित गर्नु।

यस विधेयकलाई पारित गर्नुअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद गौतमले सदनमा दफावार छलफलका लागि प्रस्ताव राख्नेछन्। यसपछि विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम पनि राखिएको छ। यस क्रममा अर्थ, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ