arrow

प्रतिनिधि सभा

सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड २० घण्टादेखि अवरुद्ध, अवरोध तत्काल हटाउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
thakur-gaire-81-12-7.jpg

काठमाडौँ। नेकपा (एमाले) का सांसद ठाकुर गैरेले सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा खण्डमा आएको ठूलो पहिरोले गर्दा २० घण्टादेखि यातायात सेवा अवरुद्ध भएको बताएका छन्।

आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले पहिरोका कारण यात्रु र मालबाहक गाडीहरू अलपत्र परेको जानकारी दिए।

सांसद गैरेका अनुसार, पहिरोले गर्दा यात्रुहरू बाटोमै अलपत्र परेका छन्। तिनउँ गाउँपालिकासहित सुरक्षाकर्मीले वैकल्पिक बाटो खोज्ने प्रयास गरे पनि सफल हुन सकेनन्।

उनले पश्चिम पाल्पाको जुठापैवामा बाटो भासिएको र आर्यभञ्ज्याङ–राम्दी खण्ड लगायत ग्रामीण सडकहरू पनि बन्द भएकाले स्थानीयको जनजीवन प्रभावित भएको बताए।

यसले गर्दा विद्यार्थीहरूको पढाइ र सामान्य आवागमन पनि रोकिएको छ। सिद्धार्थ राजमार्ग हुँदै पर्वत र अर्घाखाँचीसम्म जाने नागरिकले समेत समस्या भोग्नुपरेको छ।

सांसद गैरेले सरकारसँग सिद्धार्थ राजमार्गमा देखिएको अवरोध तत्काल हटाउन माग गरेका छन्। उनले सम्भव भएसम्म सिद्धबाबा सुरुङमार्गबाट साना गाडीहरूलाई पास गराउन पनि आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ