arrow

प्रतिनिधि सभा

सरकारले लोकतन्त्रलाई कमजोर बनाइरहेको सांसद खनालको आरोप

ओलीलाई ‘हाउ डेमोक्रेसी इज डाई’ नामक पुस्तक पढेर आफ्नो सरकारका कामको मूल्यांकन गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
sisir-khanal-s.JPG

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले आफूअनुकूल कानुन बनाएर, न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप गरेर र मिडियामाथि नियन्त्रण गरेर लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाइरहेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारकै कारण लोकतन्त्र खतरामा परेको बताए। उनले भिजिट भिसा प्रकरण, पासपोर्ट छपाइमा भागबण्डा, ‘कुलिङ पिरियड’को दुरुपयोग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भइरहेको भ्रष्टाचार जस्ता विषयमा संसद र सरकार उदासिन रहेको भन्दै आलोचना गरे।

सांसद खनालले सरकारले भ्रष्टाचारका घटनाको छानबिनमा अवरोध पुर्‍याइरहेको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हाउ डेमोक्रेसी इज डाई’ नामक पुस्तक पढेर आफ्नो सरकारका कामको मूल्यांकन गर्न आग्रह गरे।

उनले सुशासन कायम होस् र भ्रष्टाचारी मन्त्रीहरू पदमा नरहुन् भन्ने आफ्नो पार्टीको माग रहेको दोहोर्‍याउँदै प्रधानमन्त्रीलाई प्रश्न गरे, "हामी सुशासन होस्, भ्रष्टाचारी मन्त्रीहरु पदमा नरहुन् भन्ने चाहान्छौं, तपाईं के चाहनुहुन्छ?"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ