प्रतिनिधि सभामा भ्रष्टाचार निवारण विधेयकको खोजी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
578
Shares
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले भ्रष्टाचार निवारण विधेयकको अवस्थाबारे सरकारसँग प्रश्न गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले राष्ट्रिय सभाबाट पारित भइसकेको यो विधेयक अहिले कहाँ छ भन्दै जानकारी गराउन माग गरे।
सांसद थापाले भ्रष्टाचार नियन्त्रण गर्ने महत्त्वपूर्ण कानुनलाई सरकारले लुकाएर राख्न नहुने भन्दै यसलाई तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले भने, "अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन अहिलेसम्म कहाँ छ? कसरी अगाडि बढेको छ? भ्रष्टाचार नियन्त्रण गर्ने चिजलाई सरकारले लुकाएर राख्ने हो कि यो अगाडि बढाउने हो? यो विषयमा तत्काल सदनलाई जानकारी चाहियो।"
राष्ट्रिय सभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ सर्वसम्मतिले पारित भएका थिए। यी विधेयकहरू सरकारले थन्क्याएर राखेको भन्दै सांसदहरूले समय-समयमा प्रश्न उठाउँदै आएका छन्।