arrow

प्रतिनिधि सभामा राजीनाको घोषणा

राज्य व्यवस्था समितिको सभापतिबाट रामहरि खतिवडाले दिए राजीनामा [भिडियो]

विधेयकमा रहेको ‘कूलिङ अफ पिरियड’ को गडबडीको छानबिन गर्न बनेको विशेष समितिले आफू र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेकोमा असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
ramharis-resign.jpg

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राजीनामा दिएको घोषणा गरेका हुन्।

राजीनामा दिँदै उनले संघीय निजामती विधेयक पारित गर्ने क्रममा समितिले कर्मचारी प्रशासनको दाउपेच र शक्ति प्रदर्शनको सामना गर्नुपरेको बताएका छन्। उनले विधेयकमा रहेको ‘कूलिङ अफ पिरियड’ को गडबडीको छानबिन गर्न बनेको विशेष समितिले आफू र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेकोमा असन्तुष्टि जनाए।

सभापति खतिवडाले आफूले विधेयक गलत हुन नदिन अन्तिमसम्म प्रयास गरेको दाबी गरे। यद्यपि, उनले निजामती विधेयकमा भएको त्रुटि आफू वा समितिका सदस्यहरूको कारणले नभएको भन्ने आफ्नो तर्कलाई दरिलोसँग प्रस्तुत गर्न नसकेको कमजोरी भने स्वीकार गरेका छन्। उनले भने, "राजनीतिमा निष्ठाको कमी रहेको अवस्थामा म इतिहासमा मेरो नाम दर्ज गर्न चाहन्छु।" उनले आफ्नो कार्यकालमा समितिले धेरै महत्त्वपूर्ण विधेयकहरू पारित गर्न सफल भएको पनि दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ