प्रतिनिधि सभा बैठक बस्दै, सूचना प्रविधि विधेयक पेस गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
2.2k
Shares
काठमाडौँ। संघीय संसद, प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ।
आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमाथि छलफल हुनेछ। सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रीहरूले सांसदहरूका प्रश्नहरूको जवाफ दिनेछन्।
यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।