बागमती प्रदेशसभाको बैठक बस्दै, महालेखापरीक्षकको प्रतिवेदन पेस गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
499
Shares
बागमती । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार, आजको बैठकमा प्रदेशसभाका सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा पनि राख्नेछन्।