arrow

स्रोत नखुलेको १४ लाख १३ हजार रकमसहित दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ७ शनिबार
illegal-money-81-10-13.jpg

पर्सा । जिल्ला प्रहरीले स्रोत नखुलेको रु १४ लाख १३ हजार ५०० रकमसहित दुई जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा वीरगञ्ज महानगर-२ घुसुकपुरका ३९ वर्षे सञ्जय साह र बाराको महागढीमाई नगरपालिकाका ४१ वर्षे शनिकुमार ठाकुर रहेका छन् । 

पर्साका प्रहरीका प्रवक्ता सुवास भट्टले वीरगञ्ज महानगर घुसुकपुर इदगाह चोक सडकखण्डमा भारतीय नं. प्लेट भएको विआर ०५ एबी ७७६१ र प्रदेश २-०३-००२ प ५५४४ नम्बरका मोटरसाइकल बिहीबार रोकेर खानतलासी गर्दा सो परिमाणको स्रोत नखुलेको रकम बरामद भएको हो ।  

‘‘मोटरसाइकलमा फल्स सिलिङ बनाइलुकाइ राखेको अवस्थामा नखुलेको नेपाली रू एक हजार दरका रु १० लाख र पाँच सय दरका ८२७ नोटको रु चार लाख १३ हजार ५०० बरामद भएको छ’’, उनले भने ।

उनले भने, ‘‘पक्राउ परेका दुई जनालाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ