देशैभर आन्दोलन, यसरी जल्दैछ काठमाडौँ ठाउँठाउँमा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
843
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । जेन–जी आन्दोलनमा सरकारले दमन गरेसँगै आज देशैभर आन्दोलन उग्र भइरहेको छ । हिजोको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि आज बिहानैदेखि देशैभर आन्दोलन चर्किएको हो ।
काठमाडौँका विभिन्न स्थानमा विहानैदेखि टायर बालेर आन्दोलन थालिएको छ । कर्फ्यु लगाएका स्थानमासमेत युवाहरु भेला भएर आन्दोलन गरिरहेका छन् ।
नयाँ बानेश्वर, पेप्सीकोला, बौद्ध, जोरपाटी, कलंकी, बसुन्धरा, चाबहिल लगायतका स्थानका साथै ललितपुर भक्तपुरका विभिन्न स्थानमा पनि टायर बालेर विरोध भइरहेको छ ।
सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लगाएको छ । तर त्यसको परवाह नगरी प्रदर्शनहरु भइरहेका छन् ।