विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बिहान ११ देखि राति १० बजेसम्म महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आज भएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजम सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक सभा, जुलुस, भेला, धर्नालगायत गतिविधिमाथि निषेध गर्दै कर्फ्यू आदेश जारी गरेको हो ।
मोरङ जिल्ला प्रशासनले महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गर्दै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।