जेन-जी आन्दोलन उग्र, ओलीविरुद्ध चर्को नाराबाजी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
689
Shares
काठमाडौं । सोमबारदेखि सुरु भएको जेन-जी पुस्ताको आन्दोलनले मंगलबार झन् उग्र रूप लिएको छ। आन्दोलनलाई समर्थन गर्न अन्य युवाहरू पनि काठमाडौं आएपछि स्थिति थप तनावग्रस्त बनेको छ।
प्रदर्शनकारीहरूले 'युवा मार्न पाइँदैन', 'केपी चोर देश छोड', 'ज्यानमारा प्रधानमन्त्री मुर्दावाद', 'हत्यारा गृहमन्त्री मुर्दावाद', र 'विद्यार्थी मार्न पाइँदैन' जस्ता नारा लगाइरहेका छन्। उनीहरूले अब परिवर्तन नभए देशमा केही हुन नसक्ने भन्दै परिवर्तन र निर्वाचनको माग गरिरहेका छन्।
प्रदर्शनका क्रममा बाटोमा टायर बालिएको छ भने प्रहरीले राखेका ब्यारिकेटहरू तोडेर प्रदर्शनकारीहरू अगाडि बढेका छन्। बानेश्वरमा एक युवा पक्राउ परेका छन् भने एक वृद्ध व्यक्तिले आन्दोलनमा मारिएका २१ जनाले के गरेका थिए भन्दै प्रश्न उठाएका थिए।