arrow

पोखराका मेयर आचार्यको घर तोडफोड र आगजनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
dhanraj-acharya-niswa.jpg

पोखरा । जेनजी पुस्ताको प्रदर्शनको क्रममा पोखरामा प्रहरीले अश्रुग्याँस प्रहार र हवाइ फायर भएको छ । प्रदर्शन उग्र बन्दै जान थालेपछि नियन्त्रणमा लिन प्रहरीले लठ्ठी, अश्रुग्याँस प्रहार र हवाइ फायर गरेको हो ।

प्रदर्शनकारीले पोखरा महानगरका मेयर धनराज आचार्यको घर तोडफोड गर्नुका साथै आगजनी गरेका छन्  । पोखराका मुख्य चोकमा बसेर प्रदर्शनकारीले नारावाजी गरेका छन् । आन्दोलनका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।

घाइतेमध्ये एक जनालाई अस्पताल पुर्याइएको छ । केही युवाहरुले मोटरसाइकल र्यालीसहित बजार परिक्रममा गरेका छन् ।

सोमबार भएको आन्दोलनमा पोखरामा चार जना घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोडसँगै आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ