arrow

आन्दोलनकारी भन्छन् - आन्दोलन सफल भयो, अब बालेन प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
genz-andolan-final.jpg

काठमाडौँ । जेनजी आन्दोलनमा आएका प्रदर्शनकारीहरुले आफूहरुको विजय भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार काठमाडौँको हनुमानथान र अनामनगर क्षेत्रमा भेटिएका प्रदर्शनकारीले वालेन शाह प्रधानमन्त्री बन्नुपर्ने पनि बताए ।

उनीहरुले बालेनलाई प्रधानमन्त्री र हर्क साङपाङलाई गृहमन्त्री हुनुपर्ने धारणा राखे । अब देशमा परिवर्तन हुने पनि उनीहरुको भनाई थियो ।

प्रर्दशनकारी राम अधिकारीले आफ्नो जित भएको प्रतिक्रिया दिए ।

संसद भवन अगाडि रगतको खोला बगेको प्रतिक्रिया दिएका उनले मृतकहरुलाई न्याय मिलेको बताए । आन्दोलन सफल भएको उनीहरुको प्रतिक्रिया थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ