-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । काठमाडौँ रातभर जलेको छ । जेन–जी आन्दोलनका नाममा उश्रृंखल गतिविधि हुँदा सिंहदरबार र संसद भवन रातभर पनि जलिरह्यो ।
सेनाले सम्हालेपछि रातिदेखिमात्र कोही कसैलाई प्रवेश नदिएको भए पनि सिंहदरबार दिउँसो नै सिंहदरबार छिरेर प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।
बुधबार बिहानसम्म आगो निभेको छैन। सिंहदरबारको पूर्वतर्फको गेट नजिकको भवनबाट धुवाँ उडेको छ । साथै संसद भवन पनि जलिरहेको छ ।
यद्यपि काठमाडौँमा सिमसिम पानी परेकाले केही राहत हुने अपेक्षा गरिएको छ ।
मंगलबार काठमाडौँमा नेताहरुका घरहरुसमेत जलाइँदा मन्त्रालयहरुसमेत जलाइँदा प्रदूषणसमेत उच्च भएको छ ।
त्यस क्षेत्रमा अहिले सेना परिचालन गरिएको छ।
सेनाले कसैलाई पनि त्यसआसप रोकिन उभिन दिएको छैन।