arrow

काठमाडौँ विश्वकै प्रदूषित शहरमध्ये दोस्रो नम्बरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
kathmandu-fire-82-5-24uu.jpg

काठमाडौँ । जेन-जीको प्रदर्शनपछि काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो नम्बरमा आएको छ । विश्वका प्रमुख १० प्रदूषित शहरभित्र राजधानी शहर काठमाडौँ दुई  नम्बरमा परेको हो । 

काठमाडौँमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदूषणमा समेत असर पुगेको छ । 

विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गरेको लाइभ मापनमा काठमाडौँ दोस्रो स्थानमा छ । 

सोमबार र मंगलबार भएका प्रदर्शनमा व्यापक मात्रामा आगजानी भएपछि काठमाडौँको आकाश प्रदूषित वायुले ढाकिएको हो । 

बुधबार दिउँसो ३ः३७ को समयमा पहिलो नम्बरमा चीनको हनोइ रहेको छ । हनोइको एक्यूआई १५७ रहेको छ । काठमाडौँको एक्यूआई १५१ रहेको छ । 

तेस्रो नम्बरमा यूएईको दुबई रहेको छ भने भारतको कोलकाता चौथो नम्बरमा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ