जनजीवन सामान्य हुँदै जाँदा पेट्रोल पम्पमा लाइन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
783
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । नेपाली सेनाले कर्फ्यु खुकुलो बनाएर निषेधाज्ञा जारी राखेसँगै अत्यावश्यक कामका लागि आवतजावत गर्ने क्रममा सवारी साधानमा पेट्रोलियम पदार्थ भर्नेहरुको पनि लाइन बढेको छ ।
बिहान ६ बजेदेखि ११ बजेसम्म सेनाले अत्यावश्यकीय सामग्री किन्न साथै यात्रा गर्नका लागि खुला गरेसँगै पेट्रोलियम पदार्थ लिनेको लाइन लागेको हो ।
बालाजु, सामाखुसी, नयाँबजार, सोह्रखुट्टे, बनस्थली, लोकन्थली र जडीबुटीसम्मका पेट्रोल पम्पहरूको दृश्य देखिन्छ ।
ती पम्पहरु केही खुला र केही बन्द छन् । सवारी पनि सामान्य गतिमा चल्न थालेका छन् ।
जेन-जीको आन्दोलनले गत मंगलबारदेखि दैनिक सहज हुन सकेको छैन ।