-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सामाजिक सञ्जालमा जेन-जीका अलग-अलग समूह खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेका छन् ।
शुक्रबार काठमाडौंको रिपोर्टस क्लबमा भएकाे कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको हाे ।
अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिच्छे छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो ।
जेन-जीको कार्यक्रममा पार्टीका मान्छेहरुले जेन-जी बनेर उपस्थिति जनाएको भन्दै मनमुटाव शुरू भएको हो ।
लफडा कारण कार्यक्रम नै स्थगित गरिएको थियो ।
जेन-जीका अलग-अलग समूहबीच बुधबार पनि जंगी अड्डा गेटमा झडप भएकाे थियाे ।