arrow

चितवनमा हट्यो निषेधाज्ञा र कर्फ्यू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
cdo-chitwan.jpg

चितवन । चितवनमा निषेधाज्ञा र कर्फ्यू आदेश पूर्ण रूपमा हटाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यू आदेश हटाइएको जानकारी दिएको हो।

नागरिकको जनजीवनलाई सामान्य बनाउन आदेश फुकुवा गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

‘पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति चितवनको मिति २०८२/०५/२६ गतेको निर्णयानुसार चितवन जिल्लाभरको सीमाभित्र लागु हुने गरी जारी भएको निषेधाज्ञा एवं कर्फ्यू आदेश मिति २०८२/०५/२८ गते बिहान ७ बजेदेखि लागू हुने गरी हटाइएको व्यहोरा अनुरोध छ’, विज्ञप्तिका उल्लेख छ । 

निषेधाज्ञा हटेसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ भने बजार, यातायात तथा अन्य गतिविधि पुनः सञ्चालनमा आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ