arrow

मृतक जेन–जीको सम्झनामा दीप प्रज्वलन, घाइतेलाई स्वास्थ्यलाभको कामना [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
genZ-82-5-28-candle.jpg
तस्बिर – रासस र नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । यही भदौ २३ र २४ गते जेन–जीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा दीप प्रज्वलन गरिएको छ । 

ठमेलका रात्रिकालीन व्यवसायीले आज नर्सिङ चोकमा जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जलि तथा शोकसभा गरेका हुन् । 

शोकसभामा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले जेनजीको प्रदर्शनका क्रममा मृतक भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । सोही अवसरमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

त्यस्तै सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै आज बौद्ध स्तूपामा द्वीप प्रज्जवलन गरिएको छ । 

स्वतन्त्र रूपमा भेला भएका उनीहरूले मैनबत्ती बालेर श्रद्दान्जली अर्पण साथै स्वास्थ्यलाभीको कामना गरेका हुन् । सोमबार भएको आन्दोलनमा अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ ।


यस्तै, जेनजीको प्रदर्शनका कारण बन्द भएका ठमेलका व्यवसाय सञ्चालन हुन थालेका छन् । परिषद्ले आज एक विज्ञप्ति जारी गरी रातको समयमा पनि सञ्चालन हुने व्यवसाय भने सुरक्षाका कारण राति १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ । 

genZ-82-5-28rrr (20).jpg
genZ-82-5-28rrr (19).jpg
genZ-82-5-28rrr (18).jpg
genZ-82-5-28rrr (17).jpg
genZ-82-5-28rrr (16).jpg
genZ-82-5-28rrr (15).jpg
genZ-82-5-28rrr (14).jpg
genZ-82-5-28rrr (13).jpg
genZ-82-5-28rrr (12).jpg
genZ-82-5-28rrr (11).jpg
genZ-82-5-28rrr (10).jpg
genZ-82-5-28rrr (9).jpg
genZ-82-5-28rrr (8).jpg
genZ-82-5-28rrr (7).jpg
genZ-82-5-28rrr (6).jpg
genZ-82-5-28rrr (5).jpg
genZ-82-5-28rrr (4).jpg
genZ-82-5-28rrr (3).jpg
genZ-82-5-28rrr (2).jpg
genZ-82-5-28rrr (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ