arrow

नयाँ पार्टी खोल्ने रेशम चौधरीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
resham-chaudary-28.jpg

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको र अब ‘नागरिक उन्मुक्ति नेपाल’ नामक नयाँ पार्टी खोलेर अघि बढ्ने बताएका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु। म राजनीतिक व्यक्ति हो, म यत्तिकै बस्न सक्दिन, आजैदेखि म पार्टी निर्माणमा लाग्ने छु।’

उनले रञ्जिता श्रेष्ठसँग आफ्नो कुनै दुश्मनी नरहेको स्पष्ट पार्दै आफ्नो दुश्मनी देशका ‘राष्ट्रिय फटाहा’ हरूसँग रहेको बताएका छन्। उनले आफ्नो आन्दोलनको भावना बुझ्ने साथीहरूबाट हातेमालोको अपेक्षा पनि गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ