प्रधानमन्त्री कार्कीले सम्हालिन् पदभार, गइन् शहीद गेट र शहीद स्मारक [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
664
Shares
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेकी छिन् । शुक्रबार राति जेन–जी आन्दोलनका मागलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीको शपथ खाएकी कार्कीले आइतबार सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् ।
त्यसअघि उनले शहीद स्मारक लैनचोर पुगेर शहीदहरुको सालिकमा माल्यार्पण गरेकी थिइन् ।
त्यस्तै उनी शहीदगेटमा पुगेरसमेत शहीदको सम्झना गरेकी थिइन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आगजनी भएपछि गृह मन्त्रालय रहेको भवनमा कार्यालय सारेर पदभार ग्रहण गरिन् ।
उनलाई आगामी फागुन २१ गते आम निर्वाचन गर्ने जिम्मेवारी दिइएको छ । संसद विघटन गरी चुनावको मिति तोकिएको हो । जेन-आन्दोलनका कारण केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।