arrow

अभियन्ता गुरुङको चेतावनी - हत्यामा संलग्नमाथि कारबाही नभए सरकार ढल्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
sudan-gurungs.jpg

काठमाडौं । जेन-जी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितहरूको माग तत्काल पूरा गर्न सरकारलाई माग गरेका छन्। उनले भोलि (सोमबार) बिहानसम्म शहीद परिवारको माग सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा पदभार ग्रहण गरेको केहीबेरमा नै एक कार्यक्रममा बोल्दै अभियन्ता गुरुङले पीडितहरूले न्याय पाउने कुरा सुनिश्चित नभएसम्म जुनसुकै सरकार आए पनि ढल्ने जिकिर गरे।

गुरुङले भने, “हाम्रो माग अझै पूरा भएको छैन, जारी छ। म एक्लै भए पनि आन्दोलन जारी छ। भोलि बिहानसम्म उनीहरूको माग पूरा हुन्छ, नभए सरकार फेरि पनि ढल्छ। पीडितले न्याय पाउने कुरा सुनिश्चित नभएसम्म जुनै सरकार आएपनि ढल्छ।”

कार्यक्रममा शहीद परिवारका सदस्यहरूले पनि आन्दोलन दबाउन हत्या गर्ने कार्यमा संलग्नहरूलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्। शहीद प्रवीण कुलुङ की दिदी अनिता कुलुङले आन्दोलनमा दमन गरी हत्या गर्ने कार्यमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री कार्कीसँग आग्रह गरिन्।

“हाम्रो आमा हामीलाई साथ दिन सम्मानित प्रधानमन्त्री हुनुहुन्छ। पक्कै पनि एउटा आमाले अर्को आमाको पीडा बुझ्छिन्,” उनले भनिन्, “अबोध बालबालिकाहरूको हत्या भएको छ। यसको छानबिन गरी दोषीलाई हदसम्मको सजाय दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं।”

सरकारले आजै आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्दै उनीहरूका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ