arrow

नारायणी अस्पतालमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
narayani-hospital-birganj.jpg

पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालमा मंगलबार बिहान आगलागी भएको छ ।

अस्पतालको बाल सघन कक्ष (एनआईसियु) सँग जोडिएको सामान भण्डारण कक्ष (स्टोर रुम) मा बिहान ४ बजे आगलागी भएको हो ।

स्टोरमा रहेको विद्युत् बोर्डमा सर्टसर्किट हुँदा आगलागी भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए । 

उनका अनुसार बिहान ४ बजे शुरू भएको आगलागीलाई अस्पतालका कर्मचारी, सुरक्षाकर्मी तथा वीरगञ्ज महानगरपालिकाको वारुणयन्त्रको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको डा. सिंहले जानकारी दिए ।

यद्यपि स्टोरमा राखिएका केही अस्पतालका उपकरणमा क्षति पुगेको छ । के-के सामग्री जलेका छन् र के-के बाँकी छन् भन्ने विषयमा तत्काल भन्न नसकिने उनले बताए ।

अस्पतालका कर्मचारीका अनुसार पुरानो विद्युत् तारमा बढ्दो लोडका कारण आगलागी भएको हुन सक्छ ।

न्यून आय भएका छिमेकी पाँच जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका बिरामीको उपचारका लागि नारायणी अस्पताल प्रमुख केन्द्रका रूपमा छ । अस्पतालबाट दैनिक एक हजार दुई सयभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ