जेनजी सहिदको शवयात्रा: ६ जनाको शव हेलिकप्टरबाट काठमाडौँ बाहिर लगिने (तस्बिर)
प्रकाशचन्द्र तिमिल्सेना,
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
1.3k
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँ। भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका जेनजी सहिदको शवयात्रा शिक्षण अस्पतालबाट पशुपति तर्फ सुरु भएको छ।
शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ। १० जनाको शव र्यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौँ बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ।
सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ गर्ने निर्णय गरिसकेको छ।