arrow

बागमती प्रदेश सभाका सभामुख पाठकले बुझाए राजीनामा [राजीनामा पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
Bhuwan-Pathak-speaker-bagma.jpg

काठमाडाैँ । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले पदबाट यसअघि नै दिएकाे राजीनामाकाे पत्र उपसभामुखलाई बुझाएका छन् ।

गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन । 

उनले यसअघि नै राजीनामा घोषणा गरे पनि कानूनी प्रक्रिया पूरा गर्न अनुकुल नभएको भन्दै बुधबार राजीनामा पत्रमा बुझाएको बताए । 

पत्रमा भनिएको छ, ‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’ 

राष्ट्र रोएका बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको उनले उल्लेख गरे । 

राप्रपाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यले सामूहिक राजीनामा दिएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएका हुन् ।

उनी राप्रपाबाट सभामुख बनेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ