बबरमहलमा बाघको मूर्ति र स्कूटर भेटिएपछि...[भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
1.6k
Shares
काठमाडौँ । गत भदौमा जेनजी आन्दोलनका क्रममा देशभर प्रदर्शन भइरहेका बेला राजधानीको बबरमहलस्थित दुर्गामाता मन्दिर नजिकै असामान्य दृश्य देखियो ।
आन्दोलनकै भीडबीच मन्दिर परिसरमा एक बाघको मूर्ति र रातो रंगको बा ५९प४३८५ नम्बरको स्कूटर फेला परेपछि स्थानीयवासीले तत्कालै सुरक्षित राखिदिएका छन् ।
स्थानीय झलक पाण्डेले मन्दिर नजिक भेटिएको बाघको मूर्तिलाई भित्र राखिएको बताए ।
अर्का स्थानीय हिमाल मगरले बाटोमै अवरोध हुने गरी लक गरी छाडिएको स्कूटरलाई सुरक्षित ठाउँमा राखिएको जानकारी दिए ।
ती मूर्ति र स्कूटर कसले ल्याएको वा कसको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी नआएको दिवस मगरले जानकारी दिए ।
आन्दोलनका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा ढुंगा हानाहान, आगजनी, सडक अवरोध र भौतिक क्षतिको घटना भएको थियो ।
नयाँ पुस्ताले राजनीतिक सुधार र सुशासनको मागसहित अघि बढाएको जेनजी आन्दोलनकै बीचमा बबरमहलमा भेटिएका यी वस्तुले आन्दोलनको अव्यवस्थित र अनियन्त्रित पक्षलाई पनि उजागर गरेको स्थानीयवासीको भनाइ छ ।
उनीहरूका अनुसार आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा यसरी छाडिएका मूर्ति र स्कूटरले झन् असुरक्षा र प्रश्न सिर्जना गरेको छ ।
स्थानीयले भने प्रमाणसहित सम्पर्क गर्नेबित्तिकै सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जनाएको छ ।
यता, स्थानीयले भने भेटिएका वस्तुमा बेवास्ता नगरि जसको हो उसैले लिन आउन आग्रह गरेका छन् ।