arrow

जेन–जी आन्दोलनपछिको नेपालगञ्ज, शहीद सेतु विकको शालिक पनि छोडिएन [फोटोफिचर]

logo
प्रकाशचन्द्र तिमिल्सेना, 
प्रकाशित २०८२ असोज ४ शनिबार
genZ-nepaljung-82-6-4yy.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

नेपालगञ्ज । गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशका अन्य भागमा जस्तै नेपालगञ्जमा पनि सरकारी कार्यालयहरु ध्वस्त बनेका छन् । 

भदौ २४ गते आन्दोलनकारीहरुले सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए । सरकारी कार्यालयसँगै पार्टी कार्यालयहरु पनि आन्दोलनकारीको निशानामा परेका थिए ।

जेन-जी पुस्ता यतिसम्म क्रुर बन्यो नेपालमा प्रजातन्त्र ल्याउन अहम् भूमिका खेलेका बीपी कोइराला र गणेशमान सिंह सँगसँगै पुष्पलाल श्रेष्ठको चोक पनि छोडिएन । 

त्यतिमात्र हैन शहीद सेतु विकको शालिक पनि छाडिएन । 

बाँकेमा आगजनी, तोडफोड र लुटपाट गरिएका संरचना
१, नेपालगन्ज उपमहानगरपालिका
२, आन्तरिक राजस्व कार्यालय नेपालगन्ज
३, बाँके जिल्ला अदालत
४, उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलास
५, भूमि सुधार तथा मालपोत कार्यालय नेपालगन्ज
६, नापी कार्यालय नेपालगन्ज
७, यातायात व्यवस्था कार्यालय नेपालगन्ज
८, नेपालगन्ज भन्सार कार्यालय
९, इलाका प्रहरी कार्यालय जयसपुर
१०, जिल्ला प्रशासन कार्यालय बाँके
११, कृषि ज्ञान केन्द्र
१२, जिल्ला हुलाक कार्यालय
१३, जमुनाहा हेल्थ डेस्क
१४, ट्राफिक प्रहरी कार्यालय नेपालगन्ज
१५, नेरनापुर गाउँपालिकाको कार्यालय
१६, नेरनापुर गाउँपालिका वडा नम्बर ४ को कार्यालय
१७, नेरनापुर गाउँपालिका वडा नम्बर ६ को कार्यालय

आगजनी गरिएका पार्टी कार्यालयहरू
१८, नेपाली कांग्रेस बाँकेको कार्यालय
१९, नेकपा एमाले बाँकेको कार्यालय
२०, पुष्पलाल चोक
२१, गणेशमान चोक
२३, बीपी चोक
२४, सेतु विक चोक

को हुन् सेतु विक ?
२०६२–६३ को दोस्रो जनआन्दोलनमा घोषित शहीदहरूको सूचीमा दलित समुदायका तीन जना परेका थिए । तीमध्ये एक थिइन् सेतु विक । जनआन्दोलनको उत्कर्षको बेला नेपालगञ्जको विभिन्न ठाउँहरूमा ठूला जुलुसहरू निस्किरहेका थिए। तीमध्ये एउटामा सेतु बिक पनि थिइन् । 

जुलुसमा राजतन्त्र र तत्कालीन राजा ज्ञानेन्द्र शाहका विरूद्धमा नारा लागेको थियो। हजारौँको जुलुस तितरबितर पार्न प्रहरीले अश्रुग्यास चलायो, हवाई फायर गर्‍यो। अश्रुग्यासको एउटा सेल सेतु बिकलाई लाग्यो। उनी बेहोश भइन्। 

केहीले उनलाई अस्पताल पुर्‍याए । सेतुको उपचार त्यहाँ हुन नसक्ने भयो। भारतको लखनउ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो। उनी दोस्रो जनआन्दोलनमा शहीद हुनेहरूको सूचीमा थपिइन् । 

राज्य र समाजका तर्फबाट सेतु र उनको परिवारलाई सम्मान र केही नगद सहयोग प्राप्त भयो। जनआन्दोलनका शहीदहरूमध्ये कति जनाको शालिक बन्यो, त्यो त्यति स्पष्ट छैन। त्यति बेला शहीद भएकाहरूको फोटो भने धेरै सरकारी र गैरसरकारी कार्यालयहरूमा देख्न पाइन्छ। 

सेतु बिकले सहादत प्राप्त गरेको दिन थियो २०६३ वैशाख ५ गते । नेपालगञ्जमा अहिले जहाँ सेतु बिकको शालिक छ त्यहाँ पहिले ज्ञानेन्द्र शाहको शालिक थियो। 

ठाउँको नाम थियो ज्ञानेन्द्र चोक। जनआन्दोलनले उग्र रूप लिएका बेला ज्ञानेन्द्रको शालिक तोडफोड भयो। गत जेठ २० गते धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक स्थापना गर्न खोज्ने भीडको एउटा अंश सेतु बिक चोक पुगेर सेतुको शालिक तोडफोड गर्‍यो।

यसपालि त सेतुको शालिक पूरै तोडफोड भयो । 

genZ-nepaljung-82-6-4 (20).JPG
genZ-nepaljung-82-6-4 (19).JPG
genZ-nepaljung-82-6-4 (18).JPG
genZ-nepaljung-82-6-4 (17).JPG
genZ-nepaljung-82-6-4 (16).JPG
genZ-nepaljung-82-6-4 (15).JPG
genZ-nepaljung-82-6-4 (14).JPG
genZ-nepaljung-82-6-4 (13).JPG
genZ-nepaljung-82-6-4 (12).JPG
genZ-nepaljung-82-6-4 (11).JPG
genZ-nepaljung-82-6-4 (10).JPG
genZ-nepaljung-82-6-4 (9).JPG
genZ-nepaljung-82-6-4 (8).JPG
genZ-nepaljung-82-6-4 (7).JPG
genZ-nepaljung-82-6-4 (6).JPG
genZ-nepaljung-82-6-4 (5).JPG
genZ-nepaljung-82-6-4 (4).JPG
genZ-nepaljung-82-6-4 (3).JPG
genZ-nepaljung-82-6-4 (2).JPG
genZ-nepaljung-82-6-4 (1).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ