arrow

विद्युत् बक्यौता उठाउन प्राधिकरणको बोर्ड बैठक बस्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
nea.jpg

काठमाडौं। अर्बौं रुपैयाँ बराबरको विद्युत् बक्यौता उठाउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक बस्ने तयारी गरिएको छ। नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले बक्यौता उठाउने निर्णय गरेपछि त्यसलाई कार्यान्वयनमा लैजान बोर्ड बैठक डाक्न लागिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार वा मंगलबार नै बैठक बसेर बक्यौता उठाउने कदमबारे निर्णय लिइने र सरकारको निर्णय मान्न आफू तयार रहेको बताएका छन्। उनले भने, "मन्त्रीज्यूको निर्णयलाई हामीले कार्यान्वयन गर्छौं।" प्राधिकरणको बोर्डको अध्यक्ष ऊर्जामन्त्री नै हुने भएकाले निर्णय कार्यान्वयनमा कुनै समस्या नहुने उनको भनाइ छ।

प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको महसुलबापत उद्योगी तथा व्यवसायीबाट जरिवानासहित करिब २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताउँदै आएको छ। लोडसेडिङको समयमा २४ सै घन्टा विद्युत् प्रयोग गरे पनि उद्योगीहरूले प्रयोग नगरेको बिजुलीको पनि बिल आएको भन्दै भुक्तानी गर्न मानेका छैनन्।

यसअघि प्राधिकरणका कार्यकारी निर्देशक रहँदा कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगीहरूको लाइन काट्ने कदम चालेका थिए। तर, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र केपी शर्मा ओलीका पालामा लाइन काट्दा पुनः जोड्न निर्देशन दिइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ