arrow

अदालतको शुरू भयो दशैँ बिदा, बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
jhapa-district-court.jpg

झापा । झापा जिल्ला अदालतमा यसवर्षको दशैँ बिदामा समेत बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ हुने भएको छ ।

अदालतका स्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईका अनुसार विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारबाहेकका दिन बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहनेछ ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन लिई सुनुवाइ गर्न अदालत खुला रहने उनले बताए ।

अन्य सरकारी कार्यालयले दसैँको अवसरमा सामान्यतया ६ दिन बिदा दिने गरे पनि देशभरका अदालतले भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन सार्वजनिक बिदा दिने परम्परा छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ