arrow

'थ्रीजीसँग फोरजी स्मार्टफोन साट्नुहोस'

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
expomobil.jpeg
काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेसँगै काठमाडौमा फोरजी चलाउनेको संख्या बढ्दो छ । टेलिकमको  सिम भएर पनि  थ्रीजीबाट  फोरजी सेवा लिन नपाएका ग्रहाकहरुलाई “थ्रीजी स्मार्टफोन ल्याउनुहोस्, फोरजी स्मार्टफोन लानुहोस् अफर” सार्वजनिक गरिएको हो । ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले माघ १४ गतेदेखि आयोजना गरिरहेको मोबाइल एक्स्पो २०१७ मा सो अफर ल्याएको छ । कम्प्लेक्सले थ्रीजी फोन साटेर फोरजी फोन दिने अफर ल्याएको हो ।
 
अफर अन्तर्गत ग्राहकहरुले आफूसँग भएको कुनैपनि थ्रीजी स्मार्टफोन फोरजी स्मार्टफोनसँग साट्न सक्नेर्छन् । ग्राहकहरुका लागि ल्याएको अफरअन्तर्गत ग्राहकहरुले पुरानो थ्रीजी फोनको भ्यालूएसन गराएर नयाँ फोरजी फोन किन्न सक्नेछन् । 
 
मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले फोरजी स्मार्टफोन प्रति ग्राहकहरुको अधिक रुचीलाई ध्यानमा राखेर नयाँ अफर ल्याएको बताए । ‘कुनैपनि ब्राण्डका थ्रीजी स्मार्टफोनको साटो हामी एक्सचेन्ज गरेर ब्राण्डेड फोरजी स्मार्टफोन दिनेछौं,’ उनले भने , ‘यसको लागि हामीले दक्ष र अनुभवी भ्यालुएटर राखेका छौं जसले थ्रीजी फोन साटेर फोरजी फोन ग्राहकलाई दिनेछ ।’
 
एक्स्पो माघ २२ सम्म चल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ