arrow

दशैँमा पनि आकस्मिक सेवा

दशैँमा पनि अत्यावश्यक स्वास्थ्य सेवा चालु राख्न सरकारको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
sikchayan-aspatal-new.jpg

काठमाडौँ । नेपालीहरूको महान पर्व विजया दशमी को समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग लगायतका अत्यावश्यक सेवाहरू सधैँझैँ चालु राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले दशैँको बेलामा अत्यावश्यक स्वास्थ्य सेवा आवश्यक पर्ने, बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने सेवाहरूमा असर नपरोस् र निरन्तरता कायम रहोस् भन्नका लागि यो अनुरोध गरिएको बताएका छन् ।

प्रवक्ता बुढाथोकीका अनुसार, चाडपर्वमा स्वास्थ्य सेवा सुनिश्चित गर्न मन्त्रालयले थप व्यवस्थापन गरेको छ। यस अन्तर्गत अस्पतालमा रहेका आपत्कालीन मेडिकल टिम, एम्बुलेन्स सर्भिस र एम्बुलेन्सहरूको नेटवर्किङलाई निरन्तर राखिरहन निर्देशन दिइएको छ। साथै, स्वास्थ्य मन्त्रालयअन्तर्गत गुनासो सुन्ने हटलाइन पनि सुचारु राखिएको उनले जानकारी दिए।

यसका अलावा, जेन जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई अत्यावश्यक सेवा पर्नसक्ने सम्भावनालाई ध्यानमा राखी जेन जी क्लिनिक पनि सुचारु गरिएको उनले बताए।प्रवक्ता बुढाथोकीले नेपालीहरूको महान चाडमा सबैलाई खानपानमा विशेष ध्यान दिन र आफ्नो स्वास्थ्य स्वस्थ राख्न समेत आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ