जेन-जी आन्दोलनबाट मधेसमा सात करोड ३१ लाख २२ हजार बराबरको क्षति
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
1.1k
Shares
जनकपुरधाम । जेनजीको आन्दोलनमा मधेस प्रदेशका ९० वटा प्रहरी र २०७ वटा सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट सात करोड ३१ लाख २२ हजार बराबरको क्षति भएको छ ।
क्षतिग्रस्त सबै कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा आएका छन्भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले दुई करोड छ लाख ७८ हजार तीन सय ८० मूल्य बरावरका सवारी साधन जलाएका छन् । रासस