arrow

माग पूरा नभए आन्दोलनमा जाने शहीद परिवारको चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
genz-sahid-family.jpg

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारले गृह र अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

शनिबार उनीहरुले सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर न्यायका लागि ध्यानाकर्षण पत्र बुझाउँदै दबाब दिएका हुन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनमा आफ्ना परिवारका सदस्य गुमाएका पीडितले सरकारबाट न्याय, क्षतिपूर्ति र छानबिनको माग गर्दै मन्त्रीहरूसँग प्रत्यक्ष भेटवार्ता गरेका हुन् ।

ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शहीद परिवारका सदस्य गणेश चौलागाईंले माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिए । 

उनले भने, ‘दुई-चार दिनमा हामीले बुझाएको ध्यानाकर्षण पत्रको नतिजा आएन भने हामी आन्दोलनमा जान तम्तयार भएका छौँ ।’

अर्का शहीद परिवारका सदस्य कमल सुवेदीले गृहमन्त्रीसँग छानबिन प्रक्रियाबारे पनि छलफल भएको बताए ।

उनले भने, ‘गृहमन्त्रीले प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो । हामी आशावादी छौँ दुवै मन्त्रीले हाम्रो पीडा बुझ्नुहुनेछ ।’

शहीद परिवारकी रचना खतिवडाले दोषीलाई कारवाही गरिनुपर्ने बताइन् । उनले यो सरकारले आफ्ना बच्चाहरूलाई न्याय दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘दोषीलाई कारवाही गरिनुपर्छ । अहिलेको मन्त्रीहरूले काम गरिरहनु भएको छ । यस्तो पीडामा हाम्रो कुरा सुनिदिनु हुनेछ भन्ने विश्वास छ । अरु केही नभए पनि यो सरकारले हाम्रा बच्चाहरूलाई न्याय दिनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ